logo
२०८१ बैशाख २१ शुक्रवार



चिर्पट प्रहारले घाइते वृद्धको मृत्यु

खुला |
प्रदेश |


चिर्पट प्रहारले घाइते वृद्धको मृत्यु


जानु पाण्डे
कपिलवस्तु, फागुन १२ गते । कपिलवस्तुको शिवराज नगरपालिका –३ खगेन्द्रपुरमा कुटपिटबाट एक बृद्धको मृत्यु भएको छ । छोरीको घरमा बस्दैआउनुभएका गुल्मी दरबार गाउँपालिका – ६ चारपाला घर भएका ७० वर्षीय उदयबहादुर टन्डनको मृत्यु भएको हो ।

टण्डनलाई शिवराज नगरपालिका –३ बस्ने २२ वर्षीय तिलक भण्डारीले चिर्पटले हानेर ज्यान लिएको बताइएको छ । फागुन २ गते चिर्पट प्रहारपछि उहाँ सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचाररत हुनुहुन्थ्यो ।

उपचारका क्रममा उहाँको बुधवार मृत्यु भएको प्रहरीले जनाएको छ । खटियामा सुतेको अवस्थामा टन्डनमाथि प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो । आरोपित भण्डारीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । हत्याको आरोपितको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?