logo
२०८० चैत्र १५ बिहीवार



अवरुद्ध भएको अरनिको राजमार्ग खुल्यो

खुला |
प्रदेश |


अवरुद्ध भएको अरनिको राजमार्ग खुल्यो


मधुसूदन तिमल्सिना
काभ्रे, फागुन १२ गते । सवारीको ठक्करबाट युवाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग खुलेको छ । ठक्कर दिने टिपरको पहिचान गरेपछि बिहीबार बिहान ११ बजेदेखि अवरुद्ध सडक दिउँसो ३ बजेबाट खुलेको हो ।

बुधबार राति सवारीसाधनको ठक्करबाट बनेपा १४ का ३२ बर्षीय विशाल तामाङको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले काभ्रे र भक्तपुरको सीमा–नाका साँगामा अवरोध गरेका थिए । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले बनेपाबाट काठमाडौँतर्फ जाँदैगरेको बा ५ ख ६९९९ नम्बरको टिपरले मोटरसाइकलमा सवार तामाङलाई ठक्कर दिएको जानकारी दिनुभयो ।

स्थानीय तथा मृतकका आफन्तले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग राख्दै राजमार्ग अवरुद्ध गरेका थिए । अवरोधका कारण राजमार्ग हुँदै उपत्यका भित्रिने र बाहिरने सवारी साधन ठप्प भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?