logo
२०८१ बैशाख २० बिहीवार



हात्तीको त्रासले स्थानीयहरु रातभर जाग्राममा

खुला |
प्रदेश |


हात्तीको त्रासले स्थानीयहरु रातभर जाग्राममा


विजयकुमार साह
ढल्केबर, फागुन १२ गते । धनुषाको मिथिला नगरपालिका –४, पुष्पवलपुरस्थित मानवबस्तीमा रातीको समयमा जङ्गलबाट आई दुःख दिन थालेको स्थानीयको भनाइ छ । जङ्गल नजिकै रहेको धामीटोल, चौकीटोल, मिजारटोल र डाँडाटोलमा राती हात्ती पसेर घर भत्काएर घरभित्र भएको अन्नपात खाइदिन थालेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न थालेका छन् ।

मिथिला नगरपालिका ४ का वडाअध्यक्ष विष्णुप्रसाद खदालकाअनुसार गएको आइतबार रातीदेखि हात्तीहरु गाउँ पस्न थालेका छन् । राती हुनासाथ गाउँ पस्ने दुईवटा हात्तीले अहिलेसम्म ३० भन्दाबढी घर भत्काएको स्थानीयको दुःखेसो छ । दिनभर नजिकैको जङ्गलमा बस्ने र रात परेपछि गाउँ प्रवेश गर्ने हात्तीका कारण स्थानीयहरु जाग्राम बस्नेगरेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष खदालले अहिलेसम्म मानवीय क्षति नभए पनि हात्तीबाट जोगिन गाउँलेलाई समस्या भएको बताउनुभयो ।

डिभिजन वन कार्यालय धनुषाका प्रमुख सुनिलकुमार कर्णले हात्ती प्रभावित क्षेत्रमा नियमित वन रक्षकको टोली खटाएको बताउनुभयो । गएराती हात्तीले घर भत्काउन थालेपछि धपाउन तीन राउण्ड हवाइफायर गर्नुपरेको उहाँले जानकारी दिनुभयो ।

डिभिजन कार्यालय प्रमुख कर्णले हात्तीलाई धपाउन आगो बाल्ने, टिन ठटाउने र टर्चलाइट बाल्नेजस्ता उपाय अपनाउन आग्रह गर्नुभयो । त्यसलगायत हात्ती प्रवेश गर्न सक्ने सम्भावित गाउँमा समेत सचेतीकरणको काम थालिएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय प्रमुख कर्णले केही दिन यता दैनिकजसो हात्तीले घर भत्काएको खबर कार्यालयमा आइरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?