logo
२०८१ बैशाख २० बिहीवार



कपिलवस्तुमा नदीजन्य पदार्थको चोरी बढ्दो

खुला |
प्रदेश |


कपिलवस्तुमा नदीजन्य पदार्थको चोरी बढ्दो
फाइल तस्विर


जानु पाण्डे
कपिलवस्तु फागुन १२ गते । कपिलवस्तुमा नदीजन्य पदार्थ निकासीको सरकारी कार्यालयबाट ठेक्का नलाग्दा चोसी निकासी सुरु भएको छ । जिल्लामा बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाले ठेक्का आह्वान गरेपनि धेरै खोलामा ठेक्का लाग्न सकेको छैन ।

नदी नजिक बस्तीका ट्याक्टरबाट चोरी निकासी हुनेगरेको छ । चालु आर्थिक वर्षमा जिल्लाका मुख्य नाकामा ठेक्का लाग्न सकेको छैन । गत वर्षको स्टक रहेको र यस वर्ष रोयल्टी बढे पछि ठेकेदारको आकर्षण साना नाकातर्फ बढेको स्थानीयको भनाई छ ।

विजयनगर गाउँपालिकाभित्र रहेको २ नाकामा शिवराज नगरपालिकाको सुराई खोला, बुद्धभूमि नगरपालिकाको गुडरुङ खोला ठेक्काविहीन छ । ठेक्का नलागेका खोलामा राती चोरी गरी सामग्री गाउँ नजिक डम्पीङ गर्ने गरिएको स्थानीयको भनाई छ । विभिन्न स्थानबाट पटक पटक बालुवा, गिट्टी, मिस्कट लगायतका नदिजन्य पदार्थ अबैधरुपमा चोरी तस्करी भएपनि सम्बन्धित निकायले चासो नदिँदा चोरी बढेको स्थानीयको गुनासो छ ।

चोरी गर्ने गिरोहले खोला पुग्ने बाटोको चोक चोकमा सुरक्षा कर्मीको सुराकी गर्ने मानिस राख्ने गरेकाले प्रहरीलाई पक्राउ गर्न कठिन भएको उहाँहरुको बुझाई छ । प्रहरीले चोरी निकासी गरेका केही ट्याक्टर समाएर सम्वन्धित पालिकाको जिम्मा लगाउने गरेको छ ।

प्रहरीले बुधवार नदीजन्य पदार्थ चोरी गरेको आरोपमा दुईवटा ट्याक्टर पक्राउ गरेको छ । लु ४ त ४७१३ र लु २ त ८९२८ नम्बर को ट्याक्टर विजयनगर गाउँपालिकाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रणबहादुर विष्टले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?