logo
२०८१ बैशाख १७ सोमवार



सल्यानको कालिमाटी गाउँपालिकामा तोडफोड

खुला |
प्रदेश |


सल्यानको कालिमाटी गाउँपालिकामा तोडफोड
फाइल तस्विर


प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन १३ गते । कालिमाटी गाउँपालिका कार्यालयमा तोडफोड भएको छ । अज्ञात समूहद्वारा गाउँपालिका कार्यालय, वडा ३ कार्यालय, पुतलीबजारका केही पसल लघुवित्तीय संस्था र मन्दिरमा तोडफोड गरेका छन् ।

गए राती कालिमाटी गाउँपालिका कार्यालयका सबै ढोका ताल्चा फोडिएको कार्यालयमा जडान गरिएको सीसीटिभी फुटाएर, प्रमुख प्रशासकीय कार्यकक्ष लगायतका विभिन्न शाखामा तोडफोड गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार कार्यालयभित्र कति क्षति भयो यकिन हुन वाँकी छ ।

यस्तै, कालिमाटी गाउँपालिका ३ को वडा कार्यालय, कालिमाटीमा रहेको जाल्पा सामुदायिक लघुबित्त, पुतलीबजारमा रहेको स्थानीय प्रेम बिकको पसल र गङ्गामाला मन्दिरमा तोडफोड गरिएको छ ।

गाउँपालिका कार्यालयका सबै कार्यकक्षमा दराज खुला राखेको, जाल्पा सामुदायिक लघुवित्तबाट २ लाख नगद चोरी भएको र गङ्गामाला मन्दिरको दानपेटिका फुटाएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताउनुभयो ।

घटनास्थललाई अहिले प्रहरीले सुरक्षित राखेर अनुसन्धान अगाडि बढाएको जिल्ला पहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताउनुभयो । उहाँका अनुसार प्रहरीले घटनास्थलमा पुगेर काम अघि बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?