logo
२०८१ बैशाख १२ बुधवार



स्थानीयले जनप्रतिनिधिको ‘सातो’ बोलाए

खुला |
प्रदेश |


स्थानीयले जनप्रतिनिधिको ‘सातो’ बोलाए


राजन रावत
हुम्ला, फागुन १३ गते । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा स्थानीय सरकारले बाटो बिराएको भन्दै स्थानीय तहका जनप्रतिनिधिको स्थानीयले सातो बोलाएका छन् । स्थानीय तहका जनप्रतिनिधिले विकास सम्बन्धी काम नगरेको भन्दै स्थानीयले सो कार्यक्रमको आयोजना गरेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का सचिब कमल छत्यालले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी कार्यालयमा नबस्ने र जनताको काममा ध्यान नदिएकाले सातो बोलाउने कार्यक्रम आयोजना गरेको बताउनुभयो । वर्षौँ बित्दासमेत स्थानीय तहमा विकासका काम नहुने, कार्यालयमा जनप्रतिनिधि र कर्मचारी नबस्ने समस्या देखिएपछि सो कार्यक्रम गरिएको उहाँको भनाइ छ ।

सातो बोलाउने कार्यक्रममा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, इन्जिनियर, वडाध्यक्षहरू कार्यालयमा बस्नुपर्ने, पालिकाको बजेट पार्टीमुखी होइन जनतामुखी बनाउनुपर्ने, शिक्षा स्वास्थ्यमा लापरबाही भएको लगायतको विषय स्थानीयले उठाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?