logo
२०८१ बैशाख १७ सोमवार



किसान परिचयपत्र वितरणको काम शुरु

खुला |
प्रदेश |
समाज |


किसान परिचयपत्र वितरणको काम शुरु


जीबछ यादव
लहान, फागुन १३ गते । लहान नगरपालिका कृषि शाखाले किसानको पहिचान र सेवा सुविधाका लागि किसान परिचयपत्र वितरणको काम सुरु गेको छ । पहिलो चरणमा लहान ९, १० र ११ वडाका पाँचसय किसानलाई परिचयपत्र वितरण कार्यको सुरुवात गरिएको शाखा प्रमुख प्रकाश साह हलुवाइले बताउनुभयो ।

उहाँकाअनुसार लहान नगरपालिकाको २४ वटै वडाको सबै किसानलाई परिचयपत्र वितरण गरी मल, खाद र अन्य सेवा सुविधा दिन परिचयपत्र वितरण शुरु गरिएको हो । परिचयपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मुनि साहले भन्नुभयो, ‘चुनावमा गरेको प्रतिवद्धताअनुसार कृषि क्षेत्रमा लहान नगरपालिकाले उल्लेखनीय काम गरेको छ ।’

एक हजार ३३ किसानको कृषि मिटरको विद्युत महसल नगरपालिकाले तिरिदिएको छ उहाँले बताउनुभयो । खुटी नहर ११ करोडको लागतमा निर्माण भइरहेको उहाँको भनाई छ । बीउ र मलखादमा समेत अनुुदान उपलब्ध गराइएको उहाँले बताउनुभयो । कार्यक्रममा परिचयपत्र ग्रहण गर्दै लहान –११ साना किसान सहकारीका अध्यक्ष मागैन कामैतले खुसी व्यक्त गर्दै किसानलाई मलखाद र धानको उचित मूल्य पाउनुपर्ने बेला लहान नगरपालिकाले अझै ध्यान दिनुपर्ने सल्लाह दिनुभयो ।

लहान नगरपालिकामा ५० प्रतिशत किसान रहेकाले शीत भण्डार, बजार व्यवस्था र निर्यातका लागि लहान नगरपालिका कृषि विज्ञहरु बोलाएर आधुनिक खेतितर्फ अग्रसर गराउन योजनवद्ध रुपमा अघि बढ्न गृहकार्यमा लागि रहेको लहान नगरपालिका कृषि शाखा संयोजक प्रदिपकुमार चौधरीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?