logo
२०८१ बैशाख २१ शुक्रवार



गाडी दुर्घटना हुँदा चालकको मृत्यु

खुला |
प्रदेश |


गाडी दुर्घटना हुँदा चालकको मृत्यु


सन्तोष राउत
सोलुखुम्बु, फागुन १३ गते । सोलुखुम्बुको लिखुपिकेमा निर्माणाधीन एमडी दुगड हाईड्रोपावर आयोजनामा सवारी दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । लिखुपिके गाउँपालिका –५ पात्तालस्थित उक्त आयोजनाको मिक्स्चर लोड गरेरे जाँदैगरेको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गोरखा सौरापानी–५ का ३० वर्षीय सवारीचालक अर्जुन थेवाली मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।

उक्त जलविद्युत आयोजनाको बेचिन प्लान्टबाट अडिट तीनतर्फ गइरहेका बेला गएराती २ बजेको समयमा गाडी सडकबाट करिब एकसय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटना भएको जानकारी पाएपछि नजिकमा रहेको किन्जा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?