logo
२०८० चैत्र १६ शुक्रवार



हत्याका योजनाकार १६ वर्षपछि पक्राउ

खुला |
प्रदेश |


हत्याका योजनाकार १६ वर्षपछि पक्राउ


शेरबहादुर सार्की
बजुरा, फागुन १३ गते । २०६३ माघ ४ गते बाजुराको त्रिबेणी नगरपालिका ८ कालापानीका २४ बर्षिय नवराज भन्ने प्रभु गिरीको हत्या गर्ने मुख्य योजनाकार १६ वर्षपछि प्रक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले प्रभुको हत्या गर्ने मुख्य योजनाकार भरत गिरीलाई १६ बर्षपछि भारतको अलमोडाबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यलय बाजुराले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रभुको हत्याको योजनाकार गिरी त्रिवेणी ८ कालापानीको बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीले इन्टरपोलसँगको समन्वय तथा भारतीय प्रहरीको सहयोगमा भारतको उत्तराखण्डबाट पक्राउ गरेर नेपाल ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख चतुर्भुज ओझाले वताउनुभयो । उहाँले भन्नुभयो, “उनी १६ बर्षदेखि भारतमा लुकिछिपि बसिरहेको र भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर सार्वजनिक गरिएको हो ।”

मुख्य योजनाकार गिरी हत्या गरेको दिन बाजुराबाट फरार भएका थिए । हत्यामा संलग्न भएका अन्य ९ जनाले यसअघि नै जेल भुक्तान गरिसकेका छन् । प्रभुलाई सुतिरहेकोबेला पसलमा जाउँ भनेर भरतले लगेका थिए । पसल नपुग्दै बाटोबाटै भट्याको रुखमा डोरीले बाँधी साइकलको चैन, लाठी, मुग्रा, ढुङ्गाले प्रहार गरी हत्या गरेर नजिकै रहेको गहुँ बारीमा फालेको अवस्थामा प्रभु फेला गरेको प्रहरीले जनाएको थियो ।
गिरी मृत फेला परेपछि उहाँको दाईले किटानी जाहेरी दिएका थिए । प्रभु गिरीको हत्या गर्ने भरत गिरी लगायत अन्य ९ जना समेत रहेको प्रहरीले जनाएको छ । हत्या ओरोप अन्य ९ जना त्यती बेलामा पक्राउ परेपछि भरत गिरी फरार रहँदैआएका थिए ।

जिल्ला अदालत बाजुराले २०६८ माघ ४ गते भरत गिरीलाई सर्वश्व सहित जन्म कैदको फैसला गरेको थियो । त्यस्तै पुनरावेदन अदालत दिपायलले पनि सोही फैसला सदर गरेको थियो । सर्वोच्च अदालतले २०७० भदौ २१ गते जन्मकैदको फैसला ठहर गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?