logo
२०८१ बैशाख २० बिहीवार



मौरीपालन व्यवसायमा रमाउँदै सापकोटा

खुला |
प्रदेश |


मौरीपालन व्यवसायमा रमाउँदै सापकोटा


नारद कोहार
तौलिहवा, फागुन १३ गते । दाङका मौरीपालक कृषक भिमप्रसाद सापकोटा यतिबेला मौरी चराउन कपिलबस्तुका विभिन्न क्षेत्रमा पुग्नुहुन्छ । सापकोटा विगत २० वर्षदेखि मौरीपालन व्यवसायमा रमाउँदै आउनुभएको छ । विस बर्ष पहिले दुई घरबाट मौरीपालन शुरु गरेको सापकोटासँग अहिले १ सय ५० घार मौरी छन् । विगत १० वर्षदेखि कपिलबस्तु, नवलपरासी, रुपन्देहीको विभिन्न ठाँउमा मौरी चराउन लग्दैगरेको उहाँको भनाई छ ।

दाङमा मह निकालेपछि विभिन्न जिल्लामा मौरी चराउन जानेगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले ६ महिना मौरी चराउन र ६ महिना घरमै बस्नेगरेको छौ ।” मेलिफेरा उन्नत जातको मौरी उहाँले पालेको जानकारी दिनुभयो । यस क्षेत्रमा प्रशस्त मात्रामा मौरीका लागि चरन क्षेत्र भएकाकारण आफुहरु मौरी चराउन आएको दाङका मौरीपालक कृषक सापकोटाले बताउनुभयो । तोरी, च्युरी, फापर, रुदिलो, सिसौ आदिको फुल मौरीको आहाराका लागि आवश्यक हुने उहाँले बताउनुभयो ।

यी र यस्ता वनस्पति र फुलहरु यस क्षेत्रमा पाईने भएकाकारण मौरीपालक कृषकहरु जिल्लाका विभिन्न स्थानहरुमा अहिले मौरी चराउन आकर्षित भएको उहाँको भनाई छ । केही वर्ष अघिसम्म मौरी चरनलाई स्थानीयले अवरोध गरेपनि आजभोलि मौरी चराउन कृषहरुले अप्ठेरो नगरेको उहाँले बताउनुभयो । मौरीको चरनबाट परागसेचनलाई सघाउ पुग्ने भएपछि कृषकहरुले पनि मौरीपालक कृषकलाई सघाउनेगरेको बताउनुभयो ।

एक घारबाट बार्षिक ३० किलोग्रामसम्म मह उत्पादन हुने मौरीपालक कृषकहरुको भनाई छ । सापकोटाले भन्नुभयो, “पुसदेखि शुरु भएको शितलहरका कारण दाङ, नवलपरासीमा मह निकालियो तर कपिलबस्तुमा मह निकल्न बाँकी छ ।” मौरीहरु शित लहरका कारण तोरी बारीमा चर्न नसकेका कारण उल्टै कृत्रिम खाना खुवाउनु परेको सापकोटाले बताउनुभयो ।

कम लगानी र राम्रो प्रतिफलका कारण चितवन, दाङ्ग र सर्लाही लगायतका जिल्लामा कृषकहरुले मौरीपालनलाई मुख्य व्यवसाय बनाएका छन् । बजारमा ६ सयदेखि ७ सय रुपियाँ थोक मुल्य र ७ सयदेखि ८ सय रुपियाँसम्म खुद्रा मुल्यमा मह विक्री हुनेगरेको सापकोटाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?