logo
२०८१ बैशाख १५ शनिवार



संरक्षणको पर्खाइमा पञ्चदेवल

खुला |
प्रदेश |


संरक्षणको पर्खाइमा पञ्चदेवल


कमल शर्मा
दैलेख, फागुन १३ गते । संरक्षणको अभावमा दैलेखको ऐतिहासिक पञ्चदेवल ओझेलमा परेको छ । दैलेखको नारायण नगरपालिका –६ भुर्तीमा अवस्थित पञ्चदेवलको संरक्षण नहुँदा बिश्व सम्पदासूचिमा सूचीकृत भएको पञ्चदेव ओझेलमा परेको हो । पञ्चदेवल संरक्षणका लागि त्यसको डीपीआर तयार गरिएको भएपनि कुनै पनि निकायबाट आवश्यक बजेट विनियोजन नहुँदा त्यसको संरक्षण हुन नसकेको नारायण नगरपालिका दैलेखले जानकारी दिएको छ । नारायण नगरपालिका –६ का वडा अध्यक्ष प्रकाश न्यौपानेले वडा कार्यालयमार्फत सात लाख रकम विनियोजन गरी २२ रोपनी जग्गा खरिद गरेको र त्यसको डीपीआर समेत तयार गरिएको बताउनुभयो ।

डीपीआर तयार भएपनि त्यसकालागि आवश्यक बजेट विनियोजन हुन नसकेको न्यौपानेले बताउनुभयो । दैलेख सदरमुकामबाट साढे दुई किलोमिटर उत्तर भूर्तिमा रहेको पञ्चदेवल धार्मिक–पुरातात्विक दृष्टिले महत्वपूर्ण मानिन्छ । ई.स. १३३१ वैशाख (६८३ वर्ष अगाडि) स्थापित पञ्चदेवल पाण्डवहरू वनवासको गुप्तवास रहेको अवस्थामा निर्मित भएको भनाई छ ।

यहाँका देवलहरू अत्यन्तै कलात्मक र आकर्षक छन् । देवलको भित्री भागको माथिपट्टी वदमको आकृति कुदिएको छ । मुलढोकामा कमलक फुलको आकृति कुदिएको छ । उक्त देवलमा बौद्ध र हिन्दु धर्मसँग सम्बन्धित मूर्ति छन् । विश्व सम्पदासूचिमा सूचिकृतका लागि युनेस्कोले सूचीकृत समेत गरेका यी देवलहरू हालसम्म अनुपम नमुना मानिएको छ ।

युनेस्कोको विश्व सम्पदासूचीका लागि प्रस्तावित यो क्षेत्रको संरक्षण र प्रचार–प्रसारमा भने खासै पहल भएको छैन । नारायण नगरपालिका नगर प्रमुख रत्नबहादुर खड्काले दुई वर्षअघि नगरपालिकाले ४५ लाख, कर्णाली प्रदेश सरकारले ७ लाख रुपियाँ बजेट छुट्याएर घेरवार गरेको बताउनुभयो ।

नगर प्रमुख खड्काले नारायण नगरपालिका –६ मा रहेको भुर्तीगाउँ ३२ जातजातिको उद्गमस्थलमध्ये भएकाकारण यो ऐतिहासिक भएको बताउनुभयो । उहाँले भुर्तीबाट गएकाले भुर्तेल लेख्ने गरेको र विभिन्न समयमा आफ्नो जन्मभूमि घुम्न आउनेगरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?