logo
२०८१ बैशाख ८ शनिवार



धेरै भ्रष्टचार हुने जिल्लाको सूचीमा बैतडी

खुला |
प्रदेश |


धेरै भ्रष्टचार हुने जिल्लाको सूचीमा बैतडी


गोकर्ण दयाल
बैतडी, फागुन १३ गते । सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीपछि बैतडी दोस्रो नम्बरमा भ्रष्टाचार बढी हुने जिल्लाको सूचीमा परेको छ । अख्तियार दुरुपयोय अनुसन्धान आयोगले शुक्रबार बैतडीका १० वटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला नियकायसँगको अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक भएको हो ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा पेश गरिएको तथ्याङ्कअनुसार सुदूरपश्चिमका नौवटा जिल्लाबाट परेका एक हजार ३९ वटा उजुरीको छानबीन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेलले बताउनुभयो ।

अख्तियारकाअनुसार कैलालीका २९५, बैतडीका १५८, कञ्चनपुरका १४४, बझाङका ११९, दार्चुलाका ९७, डडेल्धुराका ८१, डोटीका ७७, अछामका ७४ र बाजुराका ४८ गरी एक हजार ३९ वटा उजुरीमाथि छानबीन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दिनेशबहादुर खड्काले बताउनुभयो । कार्यक्रममा पेश गरिएको बैतडीका १० वटा स्थानीय तहको उजुरीको तथ्याङ्कअनुसार बैतडीबाट अख्तियारमा परेका १५८ वटा उजुरीमध्ये ८६ वटा स्थानीय तहका मात्रै रहेको पाइएको छ ।

बैतडीका स्थानीय तहकाअनुसार अख्तियारमा परेका उजुरीको सङ्ख्यामा डिलासैनी गाउँपालिकाबाट १५, पाटन नगरपालिकाबाट १३, दशरथचन्द नगरपालिकाका १२, मेलौली नगरपालिकाका १०, सिगास गाउँपालिकाका नौ, दोगडाकेदार गाउँपालिकाका ६ वटा, पञ्चेश्वर गाउँपालिकाका ५ र सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकाका तीन–तीनवटा उजुरी परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डा. हरि पौडेलले स्थानीय तहबाट उजुरीको सङ्ख्या बढेको बताउनुभयो । आयुक्त डा. पौडेले भन्नुभयो, “स्थानीय तहले गर्ने विकास निर्माणका विषयमा बढी उजुरी आएका छन् । स्थानीय तहका जनप्रतिनिधिले एकाधिकार र तजबिज प्रयोग गर्नुभन्दा आमनागरिकको सहभागीतामा गुनासो नआउने गरी काम गर्नसके सुशासन कायम हुन्छ ।”

स्थानीय तहबाट परेका उजुरीमाथि छानबीन भइरहेकाले दोषी देखिए कानुनअनुसार दण्डित हुनुपर्ने अवस्था आउने अख्तियारले जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराजव भट्टले जिल्ला समन्वय समितिलाई अनुगमन गर्ने अधिकार दिएपनि कार्यालयमा एक जना पनि प्राविधिक नभएको बताउनुभयो ।

नागरिक समाज बैतडीका संयोजक गणेश ठकुराठीले बैतडीका स्थानीय तहका जनप्रतिनिधिले डोजर किनेर आफन्त, नातागोता र राजनीतिक स्वास्र्थअनुसार उपभोक्ता समिति गठन गर्ने र ठेक्का दिएर भ्रष्टाचार गर्नेगरेको गुनासो गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?