logo
२०८१ बैशाख २० बिहीवार



हजार दिनको आमालाई पोषण र नगद सहयोग

खुला |
प्रदेश |


हजार दिनको आमालाई पोषण र नगद सहयोग


बेलिना थापा
लमजुङ, फागुन १३ गते । लमजुङको बेँसीसहर नगरपालिकाले वडा ६ का सुनौलो हजार दिनका आमालाई पोषण खरिदका लागि आर्थिक सहयोग गरेको छ । नगरपालिकाले एक कार्यक्रमबीच १६ जना हजार दिनका आमालाई तीन तीन हजार रुपियाँका दरले आर्थिक सहयोग गरेको हो ।

नगरपालिका प्रमुख गुमानसिंह अर्यालले रकम प्रदान गर्दै गर्भवती तथा सुत्केरी अवस्थामा पोषणयुक्त खानाको अति आवश्यक पर्ने भएकाले उहाँहरुको स्वास्थ्यलाई मध्यनजर गरी रकम प्रदान गरेको बताउनुभयो । आमा र बच्चालाई स्वस्थ बनाउन पोषणको अति आवश्यक पर्ने भएकाले पोषण सामग्री खरिदका लागि सहयोग गरेको बताउनुभयो । नगरपालिकाले हजार दिनका आमा र बच्चाको स्वास्थ्यका लागि विभिन्न कार्यक्रम ल्याएको बताएको छ ।

बेँसीसहर नगरपालिका ६ ले सुनौलो हजार दिन भित्रका आमा तथा बालबालिकालाई पोषण प्याकेज वितरण कार्यक्रम अन्तर्गत पोषणयुक्त खाना र सरसफाई सामग्री पनि प्रदान गरिएको छ । वडामार्फत चण्डिस्थान स्वास्थ्य चौकीमा प्राप्त भएको सामग्री प्रदान गरिएको छ । हजार दिनको आमा र बच्चाको स्वास्थ्यलाई राम्रो बनाउन वडा भित्रका १६ जनालाई नगद र गर्भ अवस्थाको पहिलो भेटमा आएका ७ जनालाई पाँचवटाका दरले चल्ला दुई केजीका दरले दाना उपलब्ध गराइएको छ ।

दोस्रो भेटमा आएका १० जनालाई अण्डा, तेस्रो भेटमा आएका ८ जनालाई सरसफाई सामग्री र चौथो भेटको १० जनालाई बेवी हाईजीन किट गरी जम्मा ३० जनालार्ई पोषणयुक्त खानेकुरा र सरसफाईका सामानहरु वितरण गरिएको नगरपालिकाले जनाएको छ । नियमित रुपमा स्वास्थ्य चौकीमा गर्भ जाँच गराउन आउने आमालाई प्राथमिकतामा राखेर सामग्री वितरण गरेको स्वास्थ्य चौकीले जनाएको छ ।

चण्डिस्थान स्वास्थ्य चौकीका इन्चार्ज अशोक तामाङले गर्भवती र सुत्केरी महिलाका लागि पोषणयुक्त खानाको आवश्यकता, खाने तरिकाका साथै सरसफाई रहने तरिकाबारेमा जानकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?