logo
२०८१ बैशाख ८ शनिवार



भेरी अस्पतालमा एक संक्रमितको मृत्यु

खुला |
प्रदेश |


भेरी अस्पतालमा एक संक्रमितको मृत्यु
फाइल तस्विर


सिराज खान
नेपालगञ्ज, फागुन १४ गते । कोरोना संक्रमणबाट भेरी अस्पतालमा थप एक जना पुरुष संक्रमितको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका ७ मुगु निवासी ५७ वर्षीय पुरुषको उपचारका क्रममा शनिवार मृत्यु भएको हो ।

जिल्ला कोभिड ब्यवस्थापन समिति बाँकेका फोकलपर्सन तेज ओलीकाअनुसार भेरी अस्पतालमा फागुन १ गते पीसीआर परिक्षण गर्दा उहाँलाई कोरोना पुष्टी भएको थियो । त्यसपछि फागुन ४ गते उहाँलाई भेरी अस्पतालमा भर्ना गरिएकोमा उपचारकैक्रममा शनिबार बिहान ८ बजेर ३० मिनेटमा मृत्यु भएको फोकलपर्सन ओलीले बताउनुभयो ।

यो सँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ४४९ जना र बाँकेका ३५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला कोभिड ब्यवस्थापन समिति बाँकेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?