logo
२०८१ बैशाख १३ बिहीवार



बलेफीमा बर्डफ्लु देखिएपछि कुखुरा फर्म शिल

खुला |
प्रदेश |


बलेफीमा बर्डफ्लु देखिएपछि कुखुरा फर्म शिल


चित्र मिजार
सिन्धुपाल्चोक, फागुन १४ गते । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका –८ मा रहेको शिव चालिसेको कुखुरा फर्ममा बर्डफ्लु पुष्टि भएपछि शिल गरिएको छ । सो फर्ममा धमाधम कुखुरा मर्न थालेपछि परीक्षणका लागि काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको थियो ।

उक्त फर्ममा चार हजार कुखुरा थिए । दुई हजार ५ सय कुखुरा मर्न थालेपछि नमुना परीक्षणका लागि त्रिपुरेश्वर पठाइएको थियो । बलेफी गाउँपालिकाका पशु सेवा प्राविधिक दीपेन्द्र दंगालले ल्याब टेष्टबाट एचफाइभएनवान बर्डफ्लु पुष्टि भएको रिपोर्ट आएको जानकारी दिनुभयो । उक्त बर्डफ्लु तीव्र गतिमा फैलिने संक्रमण हो ।

बलेफी गाउँपालिकाले उक्त फर्म र पालिका कुखुरा फर्ममा चुना र भिर्कोनो छर्कन र उच्च सतर्कता अपनाउन आग्रह गरिएको अध्यक्ष केदार क्षेत्रीले बताउनुभयो । बर्डफ्लु देखिएपछि अहिले सिन्धुपाल्चोकका व्यवसायी चिन्तामा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?