logo
२०८१ बैशाख १७ सोमवार



नगरपालिका नजिकै फेला परेको बम सेनाद्वारा 'डिस्पोज'

खुला |
प्रदेश |


नगरपालिका नजिकै फेला परेको बम सेनाद्वारा 'डिस्पोज'


नगेन्द्रकुमार कर्ण
महोत्तरी, फागुन १४ गते । महोत्तरीको मटिहानी नगरपालिका कार्यालय नजिकै फेला परेको कुकर बम नेपाली सेनाले डिष्पोज गरेको छ । मटिहानी नगरपालिका २ धिरापुरमा रहेको कार्यालय र स्वास्थ्य चौकीको बीचमा शनिबार सानो झोलामा कुकर र तार फेला परेपछि प्रहरीले सो ठाउँलाई शिल गरेर सुरक्षित गरेको थियो ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले कुकर बम राखेको देखिएको जानकारी दिनुहुदै रणभीम गणको सेनाले चार घण्टापछि बम डिष्पोज गरेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक कृष्णप्रसाद पँगेनीले कुकर र तार राखेर कसैले कसैलाई त्रासमा पार्न खोजेको हुन सक्ने बताउनुभयो ।

चार घण्टापछि सेनाले सो बम डिष्पोज गरेको बताउनुहुँदै सो बम किन र के कारणले तथा कसले राखेको हो अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले तर्साउने उद्देश्यले स्वास्थ्यचौकीमा बम राखिनु गलत भएको बताउनुभयो ।

घटनामा संलग्नको पत्ता लगाएर कारवाही गर्न सुरक्षा निकायसँग उहाँले आग्रह गर्नुभयो । बम राखिएको ठाउँ नजिकै वस्ती समेत रहेकाले सुरक्षा निकायको कारणले वम डिष्पोज गरिएकोमा सुरक्षाकर्मीलाई धन्यवाद दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?