logo
२०८१ बैशाख १४ शुक्रवार



काठ नपाउँदा मुर्मा सामुदायिक नमुना होमस्टे अलपत्र

खुला |
प्रदेश |


काठ नपाउँदा मुर्मा सामुदायिक नमुना होमस्टे अलपत्र


हरिकृष्ण ऐडी
मुगु, फागुन १४ गते । स्वरोजगार हुने उद्देश्यले समुदायका सबै घरधुरी लाई समुदायिक् होमस्टेमा रुपान्तरण गरिएको छ । तर स्थानीय सामुदायिक वनबाट आवश्यकताअनुसार काठ उपलब्ध नहुँदा स्थानीयहरु समस्यामा परेको बताएका छन् । कर्णाली प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य राराताल र मुर्मा टप चिनिन्छ । पर्यटकीय क्षेत्रबाट यो मुर्मा गाउँ नजिकै भएकाले पर्यटकलाई मुर्मा गाउँको समुदायिक होमस्टे आउन सहज हुनेगरेको छ । गाउँमा सामुदायिक होमस्टे सञ्चालन भएपछि गाउँमै धेरैले रोजगार पाएको र गाउँलेहरु स्वरोजगार बनेको स्थानीयको बुझाई छ ।

कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा मुर्मा सामुदायिक नमुना होमस्टे सञ्चालन गरिए पनि आवश्यक काठ उपलब्ध नहुँदा कतिपय घर निर्माणको काम अलपत्र परेको स्थानीयको गुनासो छ ।

प्राबिधिक मुल्यांकन र अनुगमन गर्ने जिम्मा डिभिजन वन कार्यालय मुगुले गरेकोछ । सो कार्यालयकाअनुसार छायाँनाथ रारा नगरपालिका ९ को मुर्मा गाउँमा ७७ वटा घरधुरीले गत आर्थिक बर्षको साउन मसान्तसम्म मुर्मा सामुदायिक होमस्टे निर्माण कार्य सम्पन्न हुनेगरी डिभिजन बन कार्यालयसँग सम्झौता गरेको थियो । कार्यालयका सुचना अधिकारी प्रनिल देबकोटाकाअनुसार अझै केही घर होमस्टेको रुपमा व्यवस्थित हुन बाँकी रहेको छ ।

मुर्मा समुदायिक नमुना होमस्टेका सचिव बिर्ख रोकायाकाअनुसार मुर्मा गाउँमा स्थायी बसोवास गर्ने ७० वटा घरधुरीमा होमस्टे निर्माण गर्नलाई रारा राष्ट्रिय निकुञ्जले प्रति घरधुरी २५ क्यूफिट काठ उपलब्ध गराउँदा गत बर्षको साउन मसान्तसम्म होमस्टे निर्माण हुन नसकेको उहाँले बताउनुभयो ।
होमस्टेका सचिबकाअनुसार होमस्टे निर्माण गर्न प्रदेश सरकारबाट काठ, जस्तापाता, सिमेन्ट, हिलटेक पाइप तथा आवश्यक सामग्री खरिद गर्न प्रदेश सरकारले ९० हजार रुपियाँ अनुदान दिएको छ ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखकाअनुसार एकै पटक धेरै काठ दिन नमिल्ने कार्यबिधि रहेकाले नयाँ घर लगाउँदा प्रतिघरले ३० क्यूफिटसम्म काठ दिने ब्यवस्था भएको छ । काठ अभाबले समयमै होमस्टे सञ्चालन हुन नसक्दा मुर्मा गाउँका स्थानीयले आम्दानी गर्न नसकिरहेको स्थानीय कलम रोकायाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?