logo
२०८१ बैशाख २० बिहीवार



मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

खुला |
प्रदेश |


मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु


अर्जुन काफ्ले
स्याङ्जा, फागुन १४ गते । फेदिखोला नगरपालिका १ भालुपहाडमा मोटरसाईकल दुर्घटनामा एक जना युवाको मृत्यु भएको छ । फेदिखोला गाउँपालिका २ का ३७ बर्षिय सुभाष पौडेलको ग ११ प १४५० नम्बरको मोटरसाईकलसहित भिरबाट खसेर निधन भएको डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानाकारी दिनुभयो ।

नेकपा (माओबादी केन्द्र) निकट वाईसीएलको स्वास्थ्य बिभागमा रहनुभएका पौडेल स्याङ्जाको बैठक सकेर फर्कनेक्रममा दुर्घटनामा पर्नुभएको भएको थियो । वाईसीएलको जिल्ला बैठक पश्चात सदरमुकाम पुतलीबजारबाट हिड्नु भएका पौडेल बेपत्ता हुनुभएको थियो ।

स्थानियले शनिबार भिरमा मानिस अड्केको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थल पुगेपछि दुर्घटना भएको खुलेको हो । पौडेलको लाश सिदार्थ राजमार्गबाट ७० मिटर तल भिरमा अड्केको अवस्थामा भेटिएको थियो । मोटरसाईकल १३० मिटर तल खोलादेखि केही माथि अडकेको अवस्थामा भेटिएको अधिकारीले बताउनुभयो ।

पौडेलको लाशमा ठाउँ ठाउँमा चोट लागेको र मोटरसाईकल टुक्रा परेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । पानी परेको अवस्थामा चिप्लो बाटोमा बे्रकरमा ढोकिदाँ दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले लगाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?