logo
२०८१ बैशाख २० बिहीवार



नदीजन्य पदार्थ बोकेका चार ट्याक्टर प्रहरी नियन्त्रणमा

खुला |
प्रदेश |


नदीजन्य पदार्थ बोकेका चार ट्याक्टर प्रहरी नियन्त्रणमा


नवीन शिशिर विक
बागलुङ, फागुन १४ गते । जिल्ला प्रहरी कार्यालय बागलुङले कालीगण्डकी नदीबाट अवैध रुपमा निकालिएको नदिजन्य उत्पादन बोकेर गन्तव्यतर्फ जाँदैगरेका चारवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

बागलुङ नगरपालिका –१ खनियाघाटबाट अवैध तरिकाले निकालिएको ढुंगा बोकेर गन्तव्यतर्फ हिँडेका ग १ त ६२११, ग १ त ६७७०, ग १ त ५५४२ र ध १ त ४४७१ नम्बरको ट्याकटर प्रहरीले नियन्त्रणका लिएको हो । ट्याक्टरले ढुङ्गा र बालुवा लिएर आएको प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका ट्याक्टर बागलुङ नगरपालिका –४ को वडा कार्यालयले दिएको अनुमतिपत्र देखाएको तर वडा कार्यालयले नदीजन्य पदार्थ उत्खनन् र ढुवानीका लागि अनुमति दिन नमिल्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारबाही गर्न बागलुङ नगरपालिका पठाइने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?