logo
२०८१ बैशाख १२ बुधवार



कुशेमा फोरजी सेवा सुरु, स्थानीय खुशी

खुला |
प्रदेश |


कुशेमा फोरजी सेवा सुरु, स्थानीय खुशी


सहदेव बस्नेत
जाजरकोट, फागुन १४ गते । जिल्लाको कुशे गाउँपालिकामा नेपाल टेलिकमको नमस्ते मोबाइल फोरजी सेवा सुरु भएको छ । आजदेखि कुशे गाउँपालिका ५ खुर्पाको लेकमा बनेको टावर सञ्चालनमा आएसँगै नमस्ते मोबाइल फोरजी सेवा सुरु भएको हो ।

बर्षाैंदेखिको कुशेबासीको फोन गर्ने सपना पुरा भएको भन्दै स्थानीयब खुशी भएका छन् । गाउँपालिकाभन्दा बाहिर रहेका आफन्तलाई फोन गर्न अग्लो डाँडा धाउनुपर्ने, रुख चढ्नु पर्ने लगायतका समस्याले स्थानीय हैरान भएका थिए । नमस्ते मोबाइल नेटवर्क सञ्चालन भएपछि स्थानीयहरुलाई आफन्तसँग सम्पर्क गर्न सहज हुने भएको छ । केही बर्ष पहिले यहाँ स्काई फोन सेवाले काम गरेको थियो । स्काई फोन सेवा बन्द भएपछि कुशेवासी सञ्चारविहीन बनेका थिए ।

नागरिक समाजका संयोजक हरिवहादुर सिंहले नमस्ते मोवाइल सेवा सूचारु भएपछि आफन्तलाई फोन गर्न सजिलो भएको भन्दै स्थानीय हर्षित बनेको बताउनुभयो । मोवाइल सेवा सुचारु भएसँगै सरकारी कार्यालय तथा व्यक्तिलाई कामकाजमा राहत मिलेको स्थानीयको भनाई छ ।

नेपाल टेलिकम शाखा कार्यालय जाजरकोटका प्रमख गोपेन्द्र अधिकारीले यसैगरी भुर, अछार्नी, सीमामा निर्माण भएका टाउर पनि छिटै सन्चालनमा ल्याई सेवा सूरुवात गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?