logo
२०८१ बैशाख ७ शुक्रवार



हिल्दुम लघु जलविद्युत आयोजनाको अनुमगन

खुला |
प्रदेश |


हिल्दुम लघु जलविद्युत आयोजनाको अनुमगन


राजन रावत
हुम्ला, फागुन १५ गते । भर्खरै जिल्लामा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी सरिता परियार नेतृत्वको टोलीले स्थलगत रुपमा हिल्दुम साना जलविद्युत आयोजनाको अनुमगन गरेको छ । विकासे कार्यको स्थलगत अनुगमन गर्ने काम अन्तर्गत प्रजिअको टोलीले सो अनुगमन गरेको बताएको छ ।

हिल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले प्रजिअ परियारको टोलीले पावरहाउस, फर्बे ट्याङ्की, पहिरोन नहरलाई पुर्याएको क्षतिको स्थलगत रुपमा अनुगमन गरेको बताउनुभयो । अनुमगनका क्रममा प्रजिअ परियारले आयोजनाबारेमा जानकारी लिनुभयो । गत कात्तिकमा परेको अविरल वर्षाले नहर र ओभरफ्लो बगाएको थियो । त्यसपछि आयोजनाले मर्मतकार्य गरिरहेको र सोको समेत अनुगमन गरिएको छ ।

प्रजिअ परियारले स्थानीयले विद्युत समस्या भोगिरहेका बेला स्थलगत रुपमै आयोजनाको अनुमगन गरिएको बताउनुभयो । मर्मतको जिम्मा पाएको निर्माण कम्पनीलाई काममा तीव्रता दिन निर्देशन दिएको उहाँले बताउनुभयो । प्लाष्टिकको पाईपबाट पानी आपूर्ति गरेर केही विद्युत उत्पादन गर्ने कार्य भएका कारण क्षमताभन्दा कम विद्युत उत्पादन हुनेभएपछि लोडसेडिङ समय बढेको कार्यालयको भनाइ छ ।

टोलीमा प्रहरी नायव उपरीक्षक हेरम्ब शर्मा, सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी बराहदल गुल्मका सहसेनानी कृष्णचन्द्र जोसी, हिल्दुम विद्युत वितरण केन्द्रका प्रमुख ऐडीलगायतको सहभागिता थियो । हाल केन्द्रले १५० देखि १७० किलोवाट विद्युत उत्पादन गर्दैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?