logo
२०८१ बैशाख २० बिहीवार



ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

खुला |
प्रदेश |


ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


जानु पाण्डे
कपिलवस्तु, फागुन १५ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार बिहान ५ः३० बजे भएको दुर्घटनामा जिल्लाको बुद्धभूमि नगरपालिका १ चंघाट बस्नुहुने २८ वर्षीय माधव अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार बाबु–छोरा सवार लु ३२ प ४८३२ नम्बरको मोटरसाइकल लाई ना. ३ ख ९८३० नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका मृतकका बुवा धर्मराज अधिकारीलाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?