logo
२०८० चैत्र १५ बिहीवार



निजामती कर्मचारी सङ्गठन अछाममा नयाँ नेतृत्व

खुला |
प्रदेश |


निजामती कर्मचारी सङ्गठन अछाममा नयाँ नेतृत्व


शिवराज ढुङ्गाना
अछाम, फागुन १५ गते । नेपाल निजामती कर्मचारी सङ्गठन, अछामको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । सङ्गठनको ११ औं जिल्ला अधिवेशनबाट मङ्गलसेन नगरपालिकामा नायब सुब्बामा कार्यरत विष्णुप्रसाद जैसीको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा हिमाल खड्का र तुलसी साउद, सचिव झनकराज अधिकारी, सहसचिव दुर्गाप्रसाद जैसी, कोषाध्यक्ष हिक्मतबहादुर नेपाली चयन हुनुभएको छ । समितिको सदस्यमा ध्रुव बोहरा, कृष्णप्रसाद जैसी, नृपबहादुर बुढा, दीपक खड्का, विष्णुप्रसाद भण्डारी, चक्रबहादुर वयक, खन्टी रिमाल ढुङ्गाना, मीना रावल भण्डारी, सिर्जना कठायत, भगिसरा थापा सोडारी, दिलमाया थापा, हिक्मतबहादुर धामी छन् ।

यस्तै, सोही अधिवेशनका क्रममा जगतबहादुर रावलको अध्यक्षतामा सात सदस्यीय राष्ट्रसेवक बचत तथा ऋण सहकारी गठन गरिएको छ । अधिवेशन उद्घाटनमा मङ्गलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, नेपाल निजामती कर्मचारीका केन्द्रीय सदस्य नरेन्द्र शाहलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?