logo
२०८१ बैशाख २१ शुक्रवार



युक्रेन शान्तिका लागि लुम्बिनीमा दीप प्रज्वलन

खुला |
प्रदेश |
पर्यटन |


युक्रेन शान्तिका लागि लुम्बिनीमा दीप प्रज्वलन


लक्ष्मण पौडेल
भैरहवा, फागुन १५ गते । रुसी सेनाको आक्रमणको चपेटामा परेको युक्रेनमा शान्ति स्थापनाको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति दीप प्रज्वलन गरिएको छ । रुसी आक्रमणका कारण युक्रेनमा भइरहेको युद्ध, हत्या, हिंसा र बमबारीले विश्व आक्रान्त भइरहेको भन्दै लुम्बिनीका स्थानीयवासीले एक सय आठ दीप प्रज्वलन गर्दै शान्तिको प्रार्थना गरेका हुन् ।

लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा भेला भएका स्थानीय नागरिक, पर्यटन व्यवसायी तथा भिक्षु भिक्षुणीले युक्रेनमा भइरहेको भयानक युद्धको अन्त्य र सिङ्गो मानव जगतको रक्षाका लागि दीप प्रज्ज्वलन तथा शान्ति पाठ गरेको लुम्बिनीका पर्यटन व्यवसायी लीलामणि शर्माले जानकारी दिनुभयो ।

त्यस अवसरमा प्रार्थनाकर्ताले रुस र युक्रेनबीच उत्पन्न तनावले संसारभरीका नागरिक आक्रान्त भएको, अशान्ति छाएको र चिन्ता थपिएको भन्दै जारी युद्ध तत्काल अन्त्य गरी वार्ता र संवाद थाल्न आग्रह गर्नुभएको छ ।

यस्ता युद्ध तथा अशान्ति सिर्जना भएका मुलुकबीच शान्ति वार्ता गर्न विश्वशान्तिको मुहान लुम्बिनी सबैभन्दा उपयुक्त स्थान हुने भएकाले शान्तिवार्ता र छलफलका लागि लुम्बिनी रोज्न विश्व समुदायलाई उहाँहरुले आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?