logo
२०८१ बैशाख १७ सोमवार



किर्तेगरेको आरोपमा वडाअध्यक्षसहित कार्यालयका अधिकृत पक्राउ

खुला |
प्रदेश |


किर्तेगरेको आरोपमा वडाअध्यक्षसहित कार्यालयका अधिकृत पक्राउ


लीलाराज झापाली
बिर्तामोड, फागुन १५ गते । झापाको गौरादह नगरपालिका ७ का वडाअध्यक्ष बलराम खरेल संगठित अपराध, सरकारी छाप किर्ते तथा ठगी मुद्दामा पक्राउ पर्नुभएको छ । पक्राउ परेका खरेललाई थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

वडाअध्यक्ष खरेल नेकपा (एमाले) बाट जननिर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । यसैगरी सोही मुद्दामा फरार रहनुभएका तत्कालिन झापा मालपोत कार्यालयका वाहालवाला अधिकृत चेतन अधिकारी समेत पक्राउ पर्नुभएको छ ।

झापाको विर्तामोडस्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोहमध्येका दुई जनालाई अनुसन्धानका लागी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

बस्नेतको नाममा रहेको कित्ता नं ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा किर्तेगरी हडपेको आरोप लगाइएको छ । झापा प्रहरीकाअनुसार सो जग्गा किर्ते गरेर विक्रि गर्ने मुख्य नाइके गौरीगञ्ज १ कुन्जिबारीका बलराम विश्वकर्मा (सुशील) लगायत १० जना यसअघि नै पक्राउ परिसकेका छन् ।

यसअघि प्रहरीले बाह्रदशी –३ घर भई विर्तामोड –२ बस्दैआएका ३९ वर्षीय मंगलसिंह राजवंशी, नापीका पूर्वकर्मचारी एवम् नमस्ते होटल चन्द्रगडीका सञ्चालक भद्रपुर –७ का ५२ वर्षीय नविन कोइराला, जग्गा कारोवारी बाह्रदशी –५ का ५० वर्षीय लिलाधर राजवंशी, विधुत प्राधिकरण फिक्कलका कर्मचारी शिवसताक्षी –८ का भुपदेव कटुवाललाई पक्राउ गरिसकेको छ ।

सोहीअनुसार दोभान कन्स्ट्रक्सनका सञ्चालक विर्तामोड –४ का ४३ वर्षीय गोविन्द वान्तावा मिलन, विर्तामोड १० घर भई कोटिहोम बस्दैआएका ७१ वर्षीय देवीप्रसाद पाण्डे, विर्तामोड –४ का ३३ वर्षीया रञ्जु राई र उर्लावारी– ४ का ४८ वर्षीय राजन विश्वकर्मा पक्राउ परेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?