logo
२०८१ बैशाख १८ मंगलवार



मस्र्याङदीको बस्नेतथोकका स्थानीय आलु खेतीमा व्यस्त

खुला |
प्रदेश |


मस्र्याङदीको बस्नेतथोकका स्थानीय आलु खेतीमा व्यस्त


बेलिना थापा
लमजुङ, फागुन १६ गते । लमजुङको मस्र्याङदी गाउँपालिका ९ बस्नेतथोक नारायणस्थान टोलका स्थानीय तरकारी र आलु खेतीमा व्यस्त रहेका छन् । गाउँका ३१ घरधुरीका स्थानीय व्यवसायिक रुपमा आलु खेतीमा लागेको बताएका छन् ।

बस्नेतथोक नारायणस्थान पशुपन्छी तथा जडिबुटी कृषि फार्म स्थापना गरेर तरकारी खेती गर्न थालेका हुन् । गत जेठमा संस्था दर्ता गरी खेती थालिएको समूहका अध्यक्ष देवी थापाले बताउनुभयो । उहाँकाअनुसार मंसिर पहिलो साताबाट आलु लगाउन सुरु गरिएको हो । समूहका ३१ सदस्यको जग्गा मिलाएर ३० रोपनीमा आलु खेती गरिएको उहाँको भनाई छ । अनुस्का एग्रोभेट बेंसीशहरबाट प्रतिबोरा २ हजार ४ सय रुपियाँमा बिउ गरिद गरी आलु रोपेको उहाँले बताउनुभयो ।

हाल आलु खन्ने कार्य पनि थालिएको समूहका कोषाध्यक्ष सर्मिला पौडेलले बताउनुभयो । उहाँकाअनुसार आलु उत्पादन राम्रो भएको छ । फाँट उब्जनीमूलक रहेकाले आलु पनि राम्रो भएको उहाँले बताउनुभयो । आलु खनेर साना ठूला छुट्याइनेछ । बजार भाउअनुसार विक्री गरिने उहाँले बताउनुभयो ।

आलु खेतीका लागि समूहका ३१ जनाले पालैपालो गोडमेल र हेरचाह गर्ने गर्छन् । बाँदर धेरै आउने भएकाले पालोअनुसार कुर्ने गरिएको छ । खेतीका लागि कृषि ज्ञान केन्द्र लमजुङबाट एक लाख ५० हजारको अनुदान स्वीकृत भएको छ । गाउँपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रमा सल्लाह लिएर काम थालिएको स्थानीयले बताएका छन् ।

सबै स्थानीयले एकल रुपमा आलु लगाउँदैआएको र आलु राम्रो भएपछि सबै मिलेर आलु खेती गरिएको बताएका छन् । सबैको आयआर्जनमा सघाउ पुग्ने भएकाले एकजुट भएको समूमहका सचिव पुमाराज राउतले बताउनुभयो । आलुसँंगै अन्य तरकारी पनि लगाउने किसानले बताएका छन् । समूहमा पुरुषभन्दा महिला बढी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?