logo
२०८१ बैशाख १८ मंगलवार



सेनाद्वारा प्रेसर कुकर बम निस्क्रिय

खुला |
प्रदेश |


सेनाद्वारा प्रेसर कुकर बम निस्क्रिय


अमरराज नहर्की
तनहुँ, फागुन १६ गते । पृथ्वी राजमार्गमा पर्ने तनहुँको दुई स्थानमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । प्रतिनिधी सभाबाट एमसीसी सम्झौता अनुमोदनको विरोधमा आठ दलद्वारा सोमबार गरिएको बन्द आव्हानका क्रममा पृथ्वी राजमार्गको व्यास नगरपालिका–१ मुसेखोला र म्याग्दे गाउँपालिकाको जामुनेमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय पारेको हो ।

व्यास ५ चापाघाटस्थित कालिभञ्ज्याङ्ग गणका नेपाली सेनाको वम डिष्पोजल टोलीले निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनुभयो । मुसेखोलामा प्लाष्टिकको झोलाभित्र पुरानो व्याट्रीको पोको पारेर राखिएको अवस्थामा र जामुनेमा भेटिएको प्रेसर कुकरभित्र राखिएको शङ्कास्पद वस्तु समेत सेनाले निस्क्रिय पारेको उहाँले जानकारी दिनुभयो ।

सेनाले बम निस्क्रिय पार्दा धुँवाको मुस्लोसहित ठूलो आवाज आएको स्थानीयले जानकारी दिएका छन् । सो राजमार्गमा शङ्कास्पद वस्तु भेटिएपछि लामो समय राजमार्ग अवरुद्ध भएको थियो । दिउँसो १ वजेदेखी यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।

यसैवीच वन्दकोवेला छिटपुटरुपमा गुडेका सवारी साधनलाई स्कटिङ गरी जिल्लाको सीमा कटाइएको प्रहरीले जनाएको छ । बन्दले तनहुँको जनजीवन प्रभावित भएको प्रहरीको भनाई छ । लामो तथा छोटो दूरीमा न्यून मात्रामा सवारी गुडेका छन् । बजार पनि बन्द रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?