logo
२०८१ बैशाख १२ बुधवार



सोह्र बर्षपछि फरार अभियुक्त पक्राउ

खुला |
प्रदेश |


सोह्र बर्षपछि फरार अभियुक्त पक्राउ


शैलेन्द्र रोकाया
बझाङ, फागुन १६ गते । आफ्नै गाउँलेको हत्यामा संलग्न २ जना फरार अभियुक्तलाई प्रहरीले १६ बर्षपछि पक्राउ गरेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ७ ज्याडाका मीनबहादुर भण्डारीको हत्या गरी फरार भएका ४० वर्षीय वीरेन्द्र राना र ३३ वर्षीया रामदेवी रानालाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो ।

नेपाल–भारतको सीमानाका गड्डाचौकीबाट नेपाल आउँदैगरेको अबस्थामा प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङको समन्वय तथा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो महाराजगन्ज र स्थानीय प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो ।

पुनरावेदन अदालत डोटीले २०६६ असार ०८ गते रामदेवी रानालाई ३ वर्ष र सर्वोच्च अदालतको २०६९ वैसाख २२ गतेको फैसलाले वीरेन्द्र रानालाई २० वर्ष कैद सजाय सुनाएको थियो । फैसलापछि दुवैजना फरार थिए । जयपृथ्वी नगरपालीका–७ (साबिक सुबेडा गाविस–८ ज्वाडाका मीनबहादुर भण्डारीको वीरेन्द्र राना, प्रकाश राना, मंगल राना, रामदेवी राना र हीरादेवी रानाले घरेलु हतियार बन्चरो र हँसियाको प्रयोग गरी हत्या गरेको प्रहरीको भनाई छ ।

हत्यामा संलग्न प्रकाश राना यसअघि नै धनगढीबाट पक्राउ परिसकेका छन् । शनिबार पक्राउ परेका दुवै जनालाई अदालतको अनुमति लिई कारागार पठाइएको छ । वीरेन्द्र रानालाई बझाङ कारागारमा राखिएको छ भने त्यहाँ महिला बन्दी राख्ने व्यवस्था नभएका कारण रामदेवी रानालाई डडेल्धुरा कारागारमा पठाइएको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?