logo
२०८१ बैशाख ११ मंगलवार



बाघको छाला र हड्डीसहित एक जना पक्राउ

खुला |
प्रदेश |


बाघको छाला र हड्डीसहित एक जना पक्राउ
फाइल तस्विर


राजन रावत
हुम्ला, फागुन १६ गते । दक्षिणी हुम्लाको ताँजाकोट गाउँपालिकाबाट एक जना बाघको हड्डी र छालासहित पक्राउ परेका छन् । बिशेष सुचनाका आधार प्रहरीले घरमा राखिएको अवस्थामा पक्राउ गरेको बताएको छ ।

प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माकाअनुसार ताँजाकोट गाउँपालिका –४ उत्तिस्यानीका ३७ वर्षीया सुनिल सार्कीलाई एक थान बाघको छाला र हड्डीसहित प्रहरीले पक्राउ गरेको बताएको छ । अस्थायी प्रहरी चौकी छप्रेलाले बिशेष सुराकीको आधारमा सोमबार सार्कीलाई पक्राउ गरेको शर्माले बताउनुभयो ।

घरमा लुकाई राखेको अबस्थामा प्रहरीले छाला र हड्डी समातेको हो । प्रहरीले छाला र हड्डीको मुचुल्का तयार गरी सार्कीलाई जिल्ला प्रहरी कार्यालय ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा पुगेपछि आबश्यक कानूुनी कारवाही अगाडि बढाईने प्रहरीले जनाएको छ । सदरमुकाम सिमकोटबाट घटनास्थल तीन दिन पैदल लाग्ने गर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?