logo
२०८१ बैशाख १७ सोमवार



रङ्गेलीमा आगलागी, तीन घर जलेर नष्ट

खुला |
प्रदेश |


रङ्गेलीमा आगलागी, तीन घर जलेर नष्ट


हरिप्रसाद कोइराला
उर्लाबारी, फागुन १६ गते । मोरङको रङ्गेली २ कमलझोडामा आइतबार राति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । कमलझोडाका राजकुमार भुजेल, विष्णु ऋषिदेव र दिपलाल ऋषिदेवको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

भुजेलको १ तले घर, भान्साघर, गाईको गोठ र नगद चालिस हजार रुपियाँ, २० तोला चाँदी, अन्न, भाँडावर्तन, लत्ता कपडा खरानी भएको छ । भूजेलले अन्दाजी ३ लाख बराबरको क्षति भएको बताउनुभयो । त्यस्तै, छिमेकी बिष्णु ऋषिदेवको घर, दुई वटा गाई गुवाली र भान्सा समेत जलेर नष्ट भएको छ । विष्णुले अन्नपात, लत्ताकपडा भाँडावर्तन र नगद ६० हजार रुपियाँ जलेर नष्ट भएको बताउनुभयो ।

त्यसैगरी दिपलालको भान्साघर पूर्ण रुपले जलेर खरानी भएको छ । दिपलालले दुई लाख पचास हजार बराबरको क्षति भएको बताउनुभयो । स्थानीय, नेपाल प्रहरी रङ्गेली, बेलबारी, सुन्दरहरैचा नगरपालिकाको दमकलको सहयोगमा राति साढे ९ बजे आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?