logo
२०८१ बैशाख ८ शनिवार



काँग्रेस कैलालीमा सभापति चयनका लागि पुनः चुनाव हुने

खुला |
प्रदेश |


काँग्रेस कैलालीमा सभापति चयनका लागि पुनः चुनाव हुने


अविनाश चौधरी
धनगढी, फागुन १६ गते । नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि पुनः निर्वाचन हुनेभएको छ । १४ औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव हुनेभएको हो ।

काँग्रेस विधानले सभापतिका उम्मेदवारले जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने व्यवस्था गरेको छ । निर्वाचनमा जम्मा दुई हजार ४८५ मत खसेको थियो । जसअनुसार सभापतिका उम्मेदवारले सो पद्मा विजयी हाँसिल गर्न कम्तिमा एक हजार २४३ मत ल्याउनुपर्ने थियो । तर तीनै जनाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सक्नु भएन ।

अन्तिम नतिजाअनुसार सभापतिका उम्मेदवार प्रकाश बमले एक हजार १६९, नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गर्नुभयो । सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेपछि काँग्रेस विधानले व्यवस्था गरेअनुसार सो पद्का लागि दोस्रो चरणमा चुनाव हुने निश्चित भएको छ ।

सबैभन्दा बढी मत प्राप्त गर्नुभएका बम र निकटतम प्रतिद्वन्द्वी भट्ट मात्रै अब दोस्रो चरणमा चुनाव लड्न पाउनु हुने काँग्रेस कैलालीले जनाएको छ । सबैभन्दा कम मत प्राप्त गर्नुभएका संस्थापन इतर पक्षका कलेल सभापतिको प्रतिस्पर्धाबाट बाहिरिनुभएको छ । बम र भट्ट संस्थापन पक्षको हुनुहुन्छ ।

काङ्ग्रेस कैलालीको नेतृत्व चयनका लागि आइतबार निर्वाचन भएको थियो । सोमबार विहान १० बजेबाट मतगणना हुने भनिए पनि सहमति हुन नसक्दा पाँच घण्टा ढिलो गरी साढे २ बजेबाट मात्रै मतगणना भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?