logo
२०८१ बैशाख १७ सोमवार



वडा कार्यालय उद्घाटन

खुला |
प्रदेश |


वडा कार्यालय उद्घाटन


नारद कोहार
तौलिहवा, फागुन १६ गते । कपिलबस्तुको कपिलबस्तु नगरपालिका १० को वडा कार्यालय भवनको उद्घाटन भएको छ । नगरप्रमुख किरण सिंहले नवनिर्मित वडा कार्यालय भवनको उदघाटन गर्नुभयो ।

भवनको उदघाटन गर्दै नगर प्रमुख सिंहले विगतका वर्षमा नगरमा निर्माणका धेरै कामहरु सम्पन्न भएको वताउनुभयो । आगामी दिनहरुमा आफु नगरको जनप्रतिनिधि भएपनि, नभएपनि नगर विकासको निम्ति निरन्तर लागिपर्ने बताउनुभयो । नगर प्रमुख सिंहले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुर्व जिविस सभापति रमेश शर्माले पालिकाभित्र वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । वडा १० का वडाध्यक्ष मोहनलाल शर्माले आफुहरु पहिलो पटक निर्वाचित भएर आएपछि अधिकांश समय सिकाईमै वितेको बताउनुभयो । ‘अधिकाशं समय सिक्नमै वित्यो, उहाँले भन्नुभयो ‘तथापि वडाको विकासमा हामीले धेरै काम गर्न सफल भएका छौं ।’

कार्यक्रममा वडाको विकासमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउने सयभन्दा बढीलाई सम्मान गरिएको छ । कपिलबस्तु नगरपालिका ९ तेनुवामा निर्माण गरिएको सो भवनमा ९९ लाख रुपियाँ खर्च भएको कार्यालयले जनाएको छ । कार्यक्रममा नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत पद्मराज श्रेष्ठ, कनकमान श्रेष्ठ लगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?