logo
२०८१ बैशाख १७ सोमवार



महाशिवरात्रिको अवसरमा शिवमन्दिरमा भक्तजनको भीड

खुला |


महाशिवरात्रिको अवसरमा शिवमन्दिरमा भक्तजनको भीड


सञ्जयकुमार मिश्र
गौर, फागुन १७ गते । महाशिवरात्रि पर्वको अवसरमा बुधबार रौतहट जिल्लाको विभिन्न ठाउँमा रहेका शिवमन्दिरहरुमा पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ ।

जिल्लाको शिवनगर, गौर, महादेवपटी, पिपरा, सरुअठा, मौलापुर, पचरुखीलगायत एक दर्जनभन्दा बढी शिवमन्दिरहरुमा बिहानैदेखि पूजाआजा गर्ने भक्तजनको भीड लागेको हो ।

भगवान शिवशंकर तथा माता पार्वतीको विवाह भएको दिनमा महाशिवरात्रिको रुपमा मनाउँदै आइरहेको धार्मिक परम्परा रहेको पण्डित पवन झाले बताउनुभयो । महाशिवरात्रिको दिन भगवान शिवको मन्दिरमा पूजाआजा, भजन किर्तन, व्रत तथा जलाभिषेक गर्नाले मनुुष्यको सम्पूर्ण कष्ट निवारण हुने शिव पुराणमा व्याख्या गरिएको समेत पण्डित झा बताउनुहुन्छ ।

महाशिवरात्रिको दिन भगवान शिवको लिङ्गमा जलाभिषेक एवं नियमनिष्ठा पूर्वक पूजाआजा गर्नाले मनुष्यको रोग, दोष, पाप, सन्ताप तथा दुःख कष्टबाट मुक्ति पाउनुको साथै मनवान्छित फल प्राप्त हुने धार्मिक मान्यता छ ।

यहाँस्थित शिवमन्दिरमा शिवभक्तहरुको भीड व्यवस्थित गर्न सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?