logo
२०८१ मंसिर १० सोमवार



महिला हिंसा रोक्न अन्तरक्रिया

खुला |


महिला हिंसा रोक्न अन्तरक्रिया


शेरबहादुर सार्की
बाजुरा, फागुन १८ गते । बाजुरामा महिला हिंसा रोक्न सासु बुहारीसँग अन्तरक्रिया गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालयले बाजुराले महिला हिंसा रोक्न सासु बुहारीसँग अन्तरक्रिया गर्न सुरु गरेको हो । महिला हिंसा न्यूनीकरणमा सासु बुहारी तगारो बन्दै गएको भन्दै उनीहरुको चेतनामा परिवर्तन ल्याउने गरी अन्तरक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

विगतका दिनदेखि नै महिला हिंसा अन्त्य गर्ने गरी बाजुराका विभिन्न स्थानीय तहले महिला हिंसा रोक्न गाउँ–गाउँ, बस्ती–बस्तीमा जनचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यहाँ महिलाले महिलामाथि सौता हाल्ने, सासूले बुहारीलाई यातना दिने र सासूले बुहारीलाई कुटपिट गर्नेलगायतका हिंसाको अझै अन्त्य हुनसकेको छैन । यी कारणले गर्दा बाजुराका अधिकांश आमाबुबा छोराबुहारीसँग नबसेर अलगै बस्दै आएका छन् ।

त्यसो त, अहिले पनि बाजुरामा महिलाहरु छाउगोठमा बस्न बाध्य छन् । जुन महिला हिंसाको अर्को करक तत्व हो ।

बुहारी महिनावारी भएको समय घरमै बस्दै आएको भन्दै सासूले देउता रिसायो भनेर डर देखाउन थालेपछि अहिलेका बुहारी छाउगोठमा बस्न भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?