logo
२०८१ मंसिर १० सोमवार



आतङ्क मच्चाउँदै आएको पाटे बाघ नियन्त्रणमा

खुला |


आतङ्क मच्चाउँदै आएको पाटे बाघ नियन्त्रणमा


सिराज खान
नेपालगञ्ज, फागुन १८ गते । राप्तीसोनारी गाउँपालिकालगायतको क्षेत्रमा आतङ्क मच्चाउँदै आएको पाटे बाघलाई बुधबार बिहान नियन्त्रणमा लिएको छ ।

गत तीन महिनादेखि सो क्षेत्रमा आतङ्क मच्चाउँदै आएको बाघलाई बेहोस बनाएर राप्तीसोनारी–६ बाट नियन्त्रणमा लिएको वन डिभिजन कार्यालय बाँकेले जानकारी दिएको हो ।

वन डिभिजन प्रमुख दधिराम कँडेलले राष्ट्रिय प्रकृति कोष बर्दियाबाट आएको २ जनाको प्राविधिक टोलीले डट गनको माध्यमबाट पाटे बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको बताउनुभयो ।

नियन्त्रणमा लिइएको बाघ भाले बाघ भएको र निकै ठूलो रहेको तथा करिब ८ वर्ष उमेरको हुनसक्ने प्रमुख कँडेलले बताउनुभयो ।

बेहोस रहेको बाघलाई नेपालगञ्ज ल्याएर खोरमा राख्न आफूलगायतको टोली गाउँबाट हिडिँसकेको पनि उहाँले बताउनुभयो । नियन्त्रणमा लिइएको बाघले तीन महिनाको समयमा ५ जनालाई मारेर र केहीलाई घाइते बनाएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?