logo
२०८१ मंसिर १० सोमवार



पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

खुला |


पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु
सांकेतिक तस्बिर


जनार्जन खत्री
सर्लाही, फागुन १८ गते । सर्लाहीको ईश्वरपुरमा बुधबार मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–२, पिपरियाका ३० वर्षीय रामविश्वास मण्डल र महोत्तरीको औरही गाउँपालिका–१, का ३२ वर्षीय चन्दनकुमार साहको मृत्यु भएको हो ।

मण्डल र साह सवार ज११प ८९४५ नम्बरको मोटरसाइकल ईश्वरपुर नगरपालिकाको वडा नं.४, १३ र १४ को सीमामा पर्ने अमुवा खोलाको पुलबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

पुलमुनि मोटरसाइकल खसेर दुई जनाको मृत्यु भएको अवस्थामा शव देखेपछि बुधबार स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । मृतक दुवैले महोत्तरीमा फर्निचरको काम गर्दै आएका थिए ।

उनीहरु सर्लाहीको हरिपुरस्थित चितायनमा मेला हेरेर फर्किनेक् रममा दुर्घटनामा परेका हुन् । स्थानीयवासीले मृतकहरुको पहिचान गर्न नसकेपछि मोटरसाइकलको ब्लू बुकका आधारमा प्रहरीले मृतकको पहिचान खुलाएको हो ।

बुधबार बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?