logo
२०८१ मंसिर १० सोमवार



माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

खुला |


माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
सांकेतिक तस्बिर


तिलाचन पाण्डे
तम्घास,फागुन १९ गते । गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लगेर एक जनाको ज्यान गएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ सालघारीकी २६ वर्षीया सरिता थापाको माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोही स्थानमा रहेको हुग्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस अवस्थामा स्थानीयले देखेपछि स्थानीय अस्पताल ल्याउने क्रममा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराइले जानकारी दिनुभयो । थापा एक्लै माछा मार्न खोलामा गएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलतर्फ पठाएको र शवलाई गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?