logo
२०८१ बैशाख १७ सोमवार



अस्पताल भित्र भालु पस्यो, व्यबहार नियाल्दै प्रशासन

खुला |
प्रदेश |


अस्पताल भित्र भालु पस्यो, व्यबहार नियाल्दै प्रशासन
जिल्ला अस्पतालको प्रसूति भवनमा छिरेको भालु


चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २० गते । जिल्ला अस्पताल ताप्लेजुङको प्रसूतिगृह भवनभित्र जङ्गलबाट आएको भालु छिरेको छ । गएराति करिa साढे ११ बजेतिर जङ्गली कालो भालु आएर अस्पतालको प्रसूति भवनभित्र छिरेको हो ।
प्रसूति भवनभित्र छिरेको भालुलाई अस्पतालको सुरक्षार्थ खटेका प्रहरी र अस्पतालका कर्मचारीसमेत भएर भित्रै थुन्न सफल भएको अस्पताल स्रोतले जनाएको छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले प्रसूति भवनको ढोका खुला भएको र प्रसूति कक्षमा एकजना पनि सेवाग्राही नभएकाले भालु भित्र पसेको हुनसक्ने बताउनुभयो । उक्त भालुलाई अहिले प्रसूति भवनको एक कोठामा थुनिएको छ ।
यता जिल्ला अस्पतालको प्रसूति भवनमा छिरेको भालुलाई व्यवस्थापन गर्ने विषयमा पहल भइरहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । प्रजिअ पोखरेलले निकुञ्ज विभागसँगै भालु विशेषज्ञ समेतसँग आफूले गरेको सम्पर्कअनुसार शुक्रबार साँझसम्म भालुको रहनसहन साथै गतिविधि हेरेर त्यसै छोड्न सकिने वा बेहोस बनाउने सुई लगाउनुपर्नेमध्ये एक प्रक्रिया अपनाएर व्यवस्थापन हुने बताउनुभयो । उहाँका अनुसार भालुको गतिविधि अध्ययन तथा अवलोकन गर्ने जिम्मेवारी कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका वार्डेन रमेशकुमार यादवलाई दिइएको छ ।
डिभिजन वन कार्यालय ताप्लेजुङका डिभिजनल वन अधिकृत वीरेन्द्र शाहले बेहोस बनाउने सुई लगाउनुपर्ने अवस्था आएमा चितवन राष्ट्र निकुञ्ज वा काठमाडौंबाट विशेषज्ञको टोली झिकाएर मात्र सम्भव हुने बताउनुभयो । डिभिजनल वन अधिकृत शाहले भालुको गतिविधि हेरेर सकेसम्म हाल थुनेको ठाउँमा खुला गरेर छोड्न सकिने बताउनुभयो ।
सर्वसाधारण भने बजार क्षेत्रमै भालु प्रवेश गरेपछि आतङ्कित बनेका छन् । हाल थुनिएकै ठाउँ अर्थात् जिल्ला अस्पतालको प्रसूति भवनको कोठा खुला गरेर छाडेमा मान्छेलाई आक्रमण गर्नसक्ने भन्दै स्थानीय त्रसित छन् । भालुलाई चिडियाखाना वा संरक्षित क्षेत्रमा पु¥याएर छोड्नुपर्ने सर्वसाधारण बताउँछन् । उक्त भालु रुख भालु भएको पनि स्थानीयले बताएका छन् । उता भालु कसरी अस्पताल परिसरभित्र प्रवेश ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको पनि बताइएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?