logo
२०८१ बैशाख १५ शनिवार



निर्वाचनमा बालबालिकाको दुरुपयोग नगर्न ध्यानाकर्षण

खुला |
प्रदेश |
समाज |


निर्वाचनमा बालबालिकाको दुरुपयोग नगर्न ध्यानाकर्षण
फाइल तस्विर


सहदेव बस्नेत
जाजरकोट, फागुन २२ गते । आगामी स्थानीय तहको निर्वाचनमा बालबालिका र शैक्षिक संस्थाको दुरुपयोग नगर्न कुशे गाउँपालिकालाई ध्यानाकर्षणपत्र बुझाइएको छ । विभिन्न नागरिक सञ्जालका प्रतिनिधिले सो माग गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

राजनीतिक दलहरुले चुनावको बेला बालबालिका र शैक्षिक संस्थाको दुरुपयोग गर्ने भएकाले आगामी निर्वाचनमा बालबालिकाको दुरुपयोग नहोस् भनेर ध्यानाकर्षणपत्र बुझाइएको नागरिक सञ्जालले जनाएको छ । कुशे गाउँपालिकास्तरीय बाल संञ्लका अध्यक्ष एवं नागरिक समाजका अगुवा हरिबहादुर सिंहको नेतृत्वको टोलीले सो ध्यानाकर्षणपत्र बुझाएको हो ।

कुशेमा सेभ द चिल्ड्रेनको सहयोगमा पहाडी क्षेत्र विकास अभियानको पहुँच परियोजना र कारितास नेपालको सहयोगमा युवा जागरण विकास केन्द्र नेपाल – यार्सन जाजरकोटले बाल संरक्षण क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । यार्सन जाजरकोटका सहजकर्ता बिन्दु थापाले बाल संरक्षणको बाल आचारसंहिता कार्यान्वयनमा ल्याउन ध्यानाकर्षणपत्र वुझाएको बताउनुभयो ।

आचारसंहिता संशोधन, उम्मेदवार योग्यता, मतदान केन्द्र, मतदाता शिक्षा, अनुगमन पर्यवेक्षण लगायतलाई ध्यान दिन, बालबालिका र शैक्षिक संस्थाको दुरुपयोग रोक्न आग्रह गरिएको थापाको भनाइ छ । सेभ द चिल्ड्रेनका जिल्ला कार्यक्रम संयोजक प्रमोद न्यौपानेले बालअधिकार संरक्षणका लागि यस अभियानमा आफूहरु लागिपर्ने बताउनुभयो । बालबालिका र विद्यालयलाई कसैले पनि राजनीतिकरुपले दुरुपयोग गर्न नपाइने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?