logo
२०८० चैत्र १६ शुक्रवार



माओवादी केन्द्र ताप्लेजुङ संयोजकमा हाङ्बाङ

खुला |
प्रदेश |


माओवादी केन्द्र ताप्लेजुङ संयोजकमा हाङ्बाङ


चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २२ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ताप्लेजुङको संयोजकमा बिष्णुकुमार हाङ्बाङ (बिरु) चयन हुनुभएको छ । हाङ्बाङलाई पार्टीले जिल्ला समन्वय समिति संयोजकको जिम्मेवारी तोकिएको हो ।

माओवादी केन्द्रले हाङ्बाङलाई जिल्ला संयोजकको जिम्मेवारी तोकेसँगै अन्य जिम्मेवारी तथा कार्यविभाजन पनि टुङ्गो लगाएको छ । जसअनुसार निवर्तमान जिल्ला संयोजक विजयप्रकाश वनेम, लक्ष्मी अन्छङ्बो (आवाज) र मिङमाडण्डु शेर्पाले जिल्ला सहइन्चार्जको जिम्मेवारी पाउनुभएको छ । यस्तै, प्रदेश निर्वाचन क्षेत्र ‘क’ इन्चार्जमा सागरमणि गौतम र निर्वाचन क्षेत्र ‘ख’ को इन्चार्जमा दावाछिरिङ शेर्पा (विशालु) ले जिम्मेवारी पाउनुभएको छ ।

यसैगरी स्थानीयतह स्तरमा फुङ्लिङ नगरपालिका इन्चार्जमा बमबहादुर भट्टराई (तारा), पाथीभरा याङ्वरक गाउँपालिका इन्चार्जमा ठाकुरसिंह साम्सोहाङ, सहइन्चार्जमा कुमार मेन्याङ्बो र रमेश राई (रसिक), सिदिङ्वा गाउँपालिका इन्चार्जमा जीवनकुमार ताम्लिङ, आठराई त्रिबेणी इन्चार्जमा मणि सेम्बु, मिक्वाखोला गाउँपालिका इन्चार्जमा खड्ग सावाँ (उजाड) चयन हुनुभएको छ ।

सोहीअनुसार मेरिङ्देन गाउँपालिका इन्चार्जमा देउप्रसाद नाल्बो र सहइन्चार्जमा अमरनन्द खाती, सिरिजङघा गाउँपालिका इन्चार्जमा मदनकृष्ण दाहाल, सहइन्चार्जमा राजकुमार लिम्बू (सिक्कुम), मैवाखोला गाउँपालिका इन्चार्जमा पर्शुराम थोप्रा, सहइन्चार्जमा मङ्गलसिंह दर्नाल (सन्तोष), फक्ताङ्लुङ गाउँपालिका इन्चार्जमा मानबहादुर कार्की र सहइन्चार्जमा नेत्र पौडेलले जिम्मेवारी पाउनुभएको छ । जिल्ला इन्चार्जको जिम्मेवारीमा भने यसअघिदेखि नै खेलप्रसाद बुढाक्षेत्री (पराग) रहनुभएको छ ।

यता पार्टी जिल्ला संयोजकको जिम्मेवारी पाएसँगै हाङ्बाङले सांगठानिक मर्यादाभित्र रहेर आफ्नो जिम्मेवारीलाई पूरा गर्ने उल्लेख गर्नुभएको छ । सबै नेता, कार्यकर्तामा समान दृष्टिकोण राख्दै कसैमाथि विभेदपूर्ण व्यबहार नगरी सामुहिक नेतृत्वको भूमिका निर्वाहको पहल गर्ने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो । पार्टीलाई बलियो र मजबुद बनाउन रचनात्मक सहयोगको आवश्यक रहने उल्लेख गर्दै सबै नेता, कार्यकर्ता र शुभेच्छुकसमक्ष सहयोग गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?