logo
२०८१ बैशाख १७ सोमवार



गुणस्तरीय खाद्यपदार्थ उत्पादनका लागि प्रशिक्षण

खुला |
प्रदेश |


गुणस्तरीय खाद्यपदार्थ उत्पादनका लागि प्रशिक्षण


जानु पाण्डे
कपिलवस्तु, फागुन २२ गते । कपिलवस्तुका खाद्यपदार्थ उत्पादकलाई गुणस्तरीय वस्तु उत्पादनको लागि प्रशिक्षण प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा कार्यशाला सञ्चालन गर्दै उत्पादनकर्तालाई सो सहजीकरण गरेको हो ।

कार्यशालामा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनबहादुर केसीले जिल्लाका उत्पादनकर्ता र उपभोक्तलाई खाद्यसुरक्षाको विषयमा कम जानकारी भएकाले सबै पालिकामा कार्यशाला सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यशालामा खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख शिवशंकर मिश्रले खाद्यपदार्थ उत्पादन गर्दा ध्यान दिनुपर्ने पक्षको विषयमा जानकारी दिनुभयो । उत्पादनकर्ताले उपभोक्तालाई उत्पादन विक्री गर्दा स्वास्थ्यकर र सुरक्षित बस्तु बिक्री गर्न प्रचलित ऐन नियमको विषयमा समेत जानकारी गराईएको छ ।

कार्यशालामा सहजकर्ता रमेश पन्थीले खाद्यपदार्थ उत्पादन गर्दा कमजोरी भएमा उपभोक्तामा पर्ने समस्याको विषयमा जानकारी दिनुभएको थियो । उत्पादनकर्तालाई प्रशिक्षण पछि अखाद्य वस्तु मिसाउने, म्याद गुज्रिएका सामग्री बिक्री वितरण गर्नेजस्ता कार्य निरुत्साहित हुने घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख कालिदास बस्यासले बताउनुभयो ।

कार्यशालामा घरेलु तथा साना उद्योग महासङ्घ कपिलवस्तुका अध्यक्ष फूलकुमारी श्रेष्ठले भारतीय सीमासँग जोडिएको क्षेत्रमा अखाद्य वस्तु मिसिएको खाद्यपदार्थ बिक्री हुनेगरेको बताउनु भयो । कार्यशालामा ३५ उत्पादनकर्ताको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?