logo
२०८१ बैशाख १४ शुक्रवार



मधेस प्रदेश सभाको बैठक तेस्रो पटक स्थगित

खुला |
प्रदेश |


मधेस प्रदेश सभाको बैठक तेस्रो पटक स्थगित


विजयकुमार साह
ढल्केबर, फागुन २२ गते । मधेस प्रदेश सभाको बैठक लगातार तेस्रो पटक स्थगित भएको छ । आइतबारका लागि बोलाइएको प्रदेस सभाको बैठक स्थगित भएसँगै मधेस प्रदेश सभाको बैठक स्थगित भएको यो तेस्रो पटक हो ।

प्रदेश सभाको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सूचना टाँसगरी जानकारी गराएको छ । आगामी चैत ९ गतेसम्मका लागि बैठक स्थगित गरिएको सूचनामा जनाइएको छ । मधेस प्रदेश सभाका सचिव रञ्जितकुमार यादवले सभामुखको आदेशानुसार सो सूचना जारी गरिएको बताउनुभयो ।

बैठक स्थगित गर्नुको कारणबारे सूचनामा उल्लेख गरिएको छैन । माघ २४ गते प्रदेशसभाको बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल गर्न फागुन १ गते बैठक बोलाइएको थियो । तर विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले बैठक स्थगन गरेको थियो । फागुन १० गतेका लागि बोलाइएको बैठकमा समेत विशेष कारण जनाउँदै स्थगित गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?