logo
२०८१ बैशाख ८ शनिवार



गोली लागी मुखिया गम्भीर घाइते

खुला |
प्रदेश |


गोली लागी मुखिया गम्भीर घाइते
फाइल तस्विर


लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन २२ गते । धनुषामा गएराति गोली चल्दा एक युवक घाइते भएका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका –१९ स्थित पसलमा राति करिब साढे १० बजेतिर गोली चल्दा अन्दाजी २५ वर्षिय मुकेश मुखिया घाइते हुनुभएको छ ।

कमला नगरपालिका ८ का स्थायी बासिन्दा मुखिया जनकपुरधाम १९ शिवपुरस्थित मामाको घरमा बस्दैआउनुभएको थियो । घाइते युवकका मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा पाँच–छ जनाको समुहमा कुराकानी गरिरहेकै बेला गोली चलेको स्थानीयको भनाई छ ।

गोली लागी मुखिया घाइते हुनुभएको धनुषा जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जितेन्द्र बस्नेतले बताउनुभयो । प्रहरीकाअनुसार चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएपछि घाइतेलाई राति नै उपचारका लागि काठमाडौंं पठाइएको छ ।

काठमाडौस्थित नर्भिक अस्पतालमा उहाँको उपचार भइरहेको छ । मुखियामाथि गोली प्रहार गरिएको पेस्तोल बरामद भइसकेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने व्यक्ति फरार रहेको प्रहरी नायब उपरीक्ष बस्नेतले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?