logo
२०८१ बैशाख २५ मंगलवार



बसको ठक्करले स्कुटीचालकको मृत्यु

खुला |
प्रदेश |


बसको ठक्करले स्कुटीचालकको मृत्यु


रेखीराम राना
पाल्पा, फागुन २२ गते । पाल्पाको तानसेन –८, भालेबाँसमा बसको ठक्करले एक जना स्कुटीचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका –२, खहरे बस्ने २७ वर्षिय ऋषिकेश सारू रहनुभएको छ । आइतबार दिउँसो बुटवलबाट पाल्पातर्फ आइरहेको लु २ ख ८३५ नम्बरको बसले पाल्पाबाट बुटवलतर्फ गइरहेको लु ७७ प २२०२ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटीचालक सारू गम्भीर घाइते हुनुभएको थियो ।

उपचारको क्रममा तानसेनस्थित लुम्विनी मेडिकल कलेजमा उहाँको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । स्कुटीलाई ठक्कर दिएको बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रमुख मल्लले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?