logo
२०८१ बैशाख २५ मंगलवार



नेपालगञ्ज उपमहानगरपालिका बालविवाहमुक्त घोषणा

खुला |
प्रदेश |
समाज |


नेपालगञ्ज उपमहानगरपालिका बालविवाहमुक्त घोषणा


सिराज खान
नेपालगञ्ज, फागुन २३ गते । नेपालगञ्ज उपमहानगरपालिका लाई बालविवाहमुक्त क्षेत्र घोषणा गरिएको छ । यो सँगै बाँकेमा बालविवाहमुक्त घोषणा हुने स्थानीय तहको संख्या चार पुगेको छ । यसअघि जानकी, खजुरा र बैजनाथ गाउँपालिका बाल विवाहमुक्त घोषणा भइसकेका छन् ।

उपमहानगरपालिकामा सोमबार आयोजित कार्यक्रममा घोषणा गर्न बाँकी रहेका १२ वडालाई बाल विवाहमुक्त वडा घोषणा गर्दै समग्रमा उपमहानगरपालिका लाई नै बालविवाहमुक्त घोषणा गरिएको हो ।

वडा ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १९, २२ र २३ वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । उपमहानगरका २३ वडालाई बाल विवाहमुक्त वडा घोषणा गरिएपछि उपमहानगरपालिका बाल विवाहमुक्त भएको हो । घोषणासभामा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले फागुनभित्रै जिल्लालाई बालविवाहमुक्त जिल्ला घोषणा गर्न लागिएको जानकारी दिनुभयो । फागुनभित्र बालविवाहमुक्त घोषणा गर्ने नेपालगञ्ज उपमहानगरपालिका लाई १० लाख पुरस्कार प्रदान गरिने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले चुनौतीकाबीच पनि नगरलाई बालविवाहमुक्त घोषणा गर्न सकिएको बताउनुभयो । घोषणा कार्यान्वयनका लागि सबै नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइराला, नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्य, उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाह, वडा १७ का वडा अध्यक्ष अजय पाठक लगायतले मन्तव्य ब्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?