logo
२०८१ बैशाख २५ मंगलवार



विषादि न्यूनिकरणका लागि बाली उपचार शिविर

खुला |
प्रदेश |


विषादि न्यूनिकरणका लागि बाली उपचार शिविर


नारद कोहार
तौलिहवा, फागुन २३ गते । कपिलबस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा विषादि न्यूनिकरण गर्न एक दिने बाली उपचार शिविर सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र कपिलबस्तुको आयोजनामा सो शिविर सञ्चालन गरिएको हो । कार्यक्रममा बालीमा लाग्ने रोग, समाधानको उपाय, बिषादी प्रयोग गर्ने तरिका र त्यसबाट हुने फाईदा बेफाईदा लगायत कृषिसँग सम्बन्धित विविध जानकारी कृषकलाई जानकारी गराइएको शिवराज नगरपालिकाका कृषि शाखा प्रमुख ताराचन्द्र चौधरीले बताउनुभयो ।

कृषिलाई आधुनिककरण, व्यवसायिकरण गर्न शिविरले महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको छ । कार्यक्रमलाई वडा कार्यालयले महत्वपुर्ण उपलव्धीका रुपमा लिएको शिवराज नगरपालिका ३ का वडाध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।

पछिल्लो समय बालीमा लाग्ने रोगको संक्रमणबाट बचाउन प्रयोग गरिने बिषादिको दुरुपयोग भएको र यसलाई न्यूनिकरण गर्नुपर्ने कृषि ज्ञान केन्द्र कपिलवस्तुका सत्यराम हरिजनले बताउनुभयो । वडाध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण ज्ञान केन्द्रका लवकुशप्रसाद कुर्मीले गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?