logo
२०८१ बैशाख १४ शुक्रवार



समृद्धिको मुख्य आधार पर्यटन : मुख्यमन्त्री पोखरेल

खुला |
प्रदेश |


समृद्धिको मुख्य आधार पर्यटन : मुख्यमन्त्री पोखरेल


अमृतप्रसाद पौडेल
बेनी, फागुन २३ गते । समृद्धिको मुख्य आधार पर्यटन भएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभएको छ । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका –१, रत्नेचौरमा आयोजित धार्मिक महोत्सवको उदघाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।

मुख्यमन्त्री नेपालीले प्रदेशभित्र रहेका स–साना धार्मिक सर्किटलाई जोडेर गण्डकी प्रदेशमा धार्मिक पर्यटन वृद्धि गर्ने प्रदेश सरकारको मुख्य उद्देश्य रहेको बताउनुभयो । हालै पोखरा–जनकपुर सीधा हवाई सेवाको आरम्भ गरेर दुई प्रदेशबीचमा आपसी सम्बन्ध स्थापना गरिएको उहाँले चर्चा गर्नुभयो ।

अब जनकपुर–मुक्तिनाथ–लुम्बिनी र विन्ध्यावासिनीलाई धार्मिक सर्किटको रुपमा विकास गरिने उहाँले बताउनुभयो । गण्डकी प्रदेशभित्र सबै चिजमा विविधता भएको र त्यसभित्र एकता रहेको उहाँको भनाई छ । मुख्यमन्त्री पोखरेलले बहुभाषी, बहुधर्म र बहुजातिले गण्डकी प्रदेश सम्पन्नशाली रहेको चर्चा गर्नुभयो ।

समग्र गण्डकी प्रदेशलाई सबैको आस्थाको केन्द्रका रुपमा विकास गर्दै लैजाने आफ्नो योजना रहेको पोखरेलले बताउनुभयो । त्यसमा सबैले आफ्नो ठाउँबाट सहयोग गनुपर्ने धारणा राख्नुभयो । विश्वमै शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी आस्थाको केन्द्र भएको बताउँदै मुख्यमन्त्री पोखरेलले यसको संरक्षण र प्रचारमा लाग्न आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?