logo
२०८१ बैशाख १२ बुधवार



काँग्रेस अछामको सभापतिमा शाह विजयी

खुला |
प्रदेश |


काँग्रेस अछामको सभापतिमा शाह विजयी


शिवराज ढुंगाना
अछाम, फागुन २४ गते । नेपाली काँग्रेस अछामको सभापतिमा पुष्पबहादुर शाह विजयी हुनुभएको छ । दोस्रो चरणको मतदानबाट शाहले निवर्तमान सभापति भरतकुमार स्वारलाई ६८ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

दोस्रो चरणमा खसेको १४ सय ९३ मतमा शाहले सातसय ७९ ल्याएर सभापतिमा विजयी हुनुभएको निर्वाचन समितिका मात्रिकाप्रसाद भण्डारीले जानकारी दिनुभयो । शाहका प्रतिद्वन्द्वी स्वारले सातसय ११ मत ल्याएर पराजित हुनुभयो । स्वार हाल पार्टीको अछाम जिल्ला सभापति हुनुहुन्थ्यो । शाह पार्टीका पूर्वसभापति हुनुहुन्छ ।

निर्वाचनबाट विजयी भएलगत्तै शाहले सबैलाई मिलाएर काँग्रेसलाई अघि बढाउने प्रतिबद्धता गर्नुभयो । पराजित स्वारले आफू मिलेरै काँग्रेस पार्टी निर्माणमा लाग्ने प्रतिबद्धता जनाउनुभयो । पहिलो चरणको निर्वाचनमा देउवा पक्षका शाह, स्वार र राजन कुँवर संस्थापन इतरबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

पहिलो चरणमा तीनै जनामध्येमा कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि शाह र स्वारबीचमा निर्वाचन भएको हो । पहिलो चरणमा सभापतिका उम्मेद्वारमध्ये पुष्पबहादुर शाहले ६९५ भरतकुमार स्वार ५७३ र राजन कुँवरले १५६ मत प्राप्त गर्नुभयो । पहिलो चरणमा एक हजार चार सय ९१ मत खसेकोमा ९६ मत बदर भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?