logo
२०८१ बैशाख ७ शुक्रवार



विभिन्न घटनामा तीन जनाको मृत्यु

खुला |
प्रदेश |


विभिन्न घटनामा तीन जनाको मृत्यु


नगेन्द्रकुमार कर्ण
महोत्तरी, फागुन २४ गते । महोत्तरीमा भएको विभिन्न घटनामा तीन जनाको मृत्यु भएको छ । मोटरसाइकल र सुमो जुध्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना यात्रुको नुहाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले औरही नगरपालिकामा सोमबार साँझ सुमोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको उपचारको लागि अस्पताल लग्दैगर्दा बाटोमा मृत्यु भएको जानकारी दिनुभयो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको गौशला नगरपालिका २ बस्ने वर्ष २२ का संजित मण्डल र सम्सी गाउँपालिका १ पर्सा बस्ने प्रबोध मण्डलका छोरा १२ वर्षीय धिरज मण्डल छन् । सोमबार साँझ साढे ७ बजेको समयमा औरही नगरपालिका ४ कठुधारस्थित माईस्थान सम्सी गौशला सडकखण्डमा सम्सीबाट गौशलातर्फ आउँदैगरेको अनटेस्ट मोटरसाइकल र विपरीत दिशाबाट जाँदैगरेको प्र.२–०२–००१ च.०८४१ नम्बरको सुमो एकापसमा ठोक्किँदा मोटरसाईकलमा सवार दुवै जना घाइते भएका थिए । उपचारको लागि अस्पताल लाँदैगर्दा बाटैमा मृत्युभएको प्रहरीले जनाएको छ ।

घाइते दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पु¥याइएको थियो । चिकित्सकले दुवैलाई मृत घोषित गरेका थिए । शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । त्यसैगरी मिथिला परिक्रमामा सहभागी भएका एक महिलाको रिंगटा लागेर बेहोस भई उपचारको लागि अस्पताल लैजादैगर्दा बाटोमा मृत्यु भएको छ ।

जलेश्वर नगरपालिका ६ मा रहेको परिक्रमा पोखरीको उत्तरपट्टी घाटमा नुहाउन जाने क्रममा पोखरीको भ¥याङ्गमा अचानक रिंगटा लागेर लड्नुभएका भारतको मधुवनी जिल्लाको भाइएसपट्टी बस्ने वर्ष ५० की प्रमिलादेवी साहको मृत्यु भएको हो । उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?