logo
२०८१ बैशाख १५ शनिवार



विभिन्न पाँच संस्थालाई प्रदेश सरकारले बस प्रदान गर्दै

खुला |
प्रदेश |


विभिन्न पाँच संस्थालाई प्रदेश सरकारले बस प्रदान गर्दै


स्मृति मिश्र
महेन्द्रनगर (धनुषा), फागुन २४ गते । मधेश प्रदेश सरकारले विभिन्न पाँचवटा संस्थालाई बस प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मन्त्री परिषदको बैठकले प्रदेश परिवहनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले गतबर्ष खरिद गरेको पाँचवटा बस संस्थालाई दिने निर्णय गरेको हो ।

बस प्राप्त गर्ने संस्थामा प्रदेश मातहतका निकाय छन् । प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहकाअनुसार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरलाई दुईवटा कृषि विश्वविद्यालय राजविराजलाई १ वटा कृषि विकास तालिम केन्द्रलाई १ वटा र कर्मचारी प्रशिक्षण प्रतिष्ठानलाई १ वटा गरी ५ वटा बस विभिन्न संस्थालई दिने निर्णय बैठकले गरेको हो ।

प्रदेश सरकारले खरिद गरेका ५ वटा बस प्रादेशिक राजधानी जनकपुरधामस्थित सरकारको मुख्य प्रशासनिक केन्द्र मधेश भवन परिसरमा राखेका छन् । सञ्चालनमा नआउँदा बसहरुको भौतिक तथा यान्त्रिक अवस्था विग्रिदैगएको थियो ।

सरकारले बस खरिद गरे पनि आवश्यक ऐन तथा कार्यविधि जोड्न नसक्दा आफ्नो स्वामित्वमा सेवा सञ्चालन गर्न सकेको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?